कक्षा १२ को नतिजा सार्वजनिक: ७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’

काठमाडौं : कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३  लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा  सात हजार ६३ जना  परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ ४० हजार २ सय ३९ जना  परीक्षार्थीले  ‘ए’ ,७० हजार एक जना परीक्षार्थीले ‘बीप्लस’ ९९ हजार ५५३ जना  परीक्षार्थीले ‘बी’,  ७५ हजार ८८ परीक्षार्थीले   ‘सी प्लस’  भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।

त्यस्तै   हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

नतिजा सिस्टममा अपलोड भइनसकेकोले केही समयपछि मात्रै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?