मगर एकता दिवस: तनहुँका ८ स्थानीय तहमा सार्वजनिक बिदा

दमौली :  तनहुँ जिल्लाका आठ स्थानीय तहले मगर दिवसको अवसरमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिएका छन् ।

४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा दश स्थानीय तह मध्ये आठ स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

जिल्लाका भानु, शुक्लागण्डकी र भिमाद नगरपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका छन् । त्यस्तै, बन्दीपुर, देवघाट, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

आठवटा सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले भने यस वर्ष सार्वजनिक विदा दिएको छैन । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा हेमबहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङघाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवशेन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?