दमौली: सञ्चारिका समूह नेपाल तनहुँ शाखाकी अध्यक्षमा सम्झना रसाइली सर्वसम्मतरुपमा चयन भएको छ । तनहुँ शाखाको तेस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशनबाट रसाइलीलाई अध्यक्षतामा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा ममता गुरुङ, सचिवमा सुनिता आचार्य, सहसचिवमा निशा थापा मगर, कोषाध्यक्षमा सर्मिला विक, सदस्यहरुमा करुणा थापा, मन्जु थापा, सोनिया लगुन र सावित्रा कोइराला रहेका छन्।
यस्तै संस्थाको सल्लाहकारहरुमा निर्वतमान अध्यक्ष सन्तोषी श्रेष्ठ, भुमिका आले, उज्ज्वल पौडेल, नारायण खड्का र अस्मिता खनाल रहेका छन ।
कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यका अवैतानिक महावाणिज्य दुत एवं वरिष्ठ लोकदोहोरी गायक प्रेमराजा महत, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदिप काफ्ले, महिला पत्रकार तनहुँकी अध्यक्ष बिमला दुवाडी, प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्का, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेलको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा महावाणिज्य दुत एवं वरिष्ठ लोकदोहोरी गायक प्रेमराजा महत, महासंघका केन्द्रिय सदस्य प्रदिप काफ्ले, क्रियाशिल महिला पत्रकार तनहुँकी अध्यक्ष बिमला दुवाडी, प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्का, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?