दूधको भुक्तानी माग्दै तनहुँका किसानहरू प्रदर्शनमा

दमौली : तनहुँका किसानहरू दूधको भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । बिहीबार उनीहरूले दमौली बजारमा र्याली, कोणसभा एबम चक्का जाम रहेको तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ  ।

किसानहरूले ‘मिल्क होलिडे’ बन्द हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने माग गरेका छन् ।

सरकारले दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको छ ।

तस्वीर : मानुङ्ग पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?