कांग्रेसको नाममा ठगेर, लुटेर खानेलाई ‘जय नेपाल’ भन्नै मिल्दैन

दमौली :  नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवं बीपी विचार समाजका केन्द्रीय सह- अध्यक्ष गोविन्दराज जोशीले नेपाली कांग्रेसले वीपीको आदर्श मूल्य मान्यता सबै ध्वस्त पारेको बताउँदै कांग्रेसलाई  ‘जय नेपाल ‘ भन्ने अधिकार नभएको बताएका छन्।

‘विपिको राष्ट्रिय मेलमिलाप नीति र नेपालको वर्तमान राष्ट्रिय राजनीति ‘ विषयक एक दिवसीय भेलालाई दमौलीमा बिहिवार सम्बोधन गर्दै नेता जोशीले  कांग्रेस पार्टीले वीपीको आदर्श विर्सिदै गएको बताएका हुन् ।

“अहिले कांग्रेस भनिएका शेरबहादुर देउवाले वीपी कोइरालाको आदर्श,मूल्य, मान्यता  र सिद्धान्तले उनलाई  ‘जय नेपाल’ भन्ने अधिकार छैन , कांग्रेसको नाममा ठगेर खाने ,कांग्रेसको नाममा लुटेरा खानेले जय नेपाल भन्नै मिल्दैन ” –  नेता जोशीले थपे। ” जुन दिन नेपाली कांग्रेसले सिद्धान्तलाई छोडेर सत्तालाई प्राथमिकता दिन्छ त्यही दिनदेखि कांग्रेस निरर्थक रहन्छ ”

वीपी कोइरालालाई स्मरण गर्दै नेता जोशीले अहिले कांग्रेस निरर्थक कांग्रेसदावी गरे ।  सत्ताका लागि जोसँग पनि गठबन्धन गर्नेपनि कांग्रेस नहुने उनको भनाई छ ।

बीपी विचार समाज क्षेत्र नम्बर १ का सभापति केशर बहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा  विपि विचार समाज तनहुँका सभापति हरिशरण पण्डित ऑबुखैरेनी गाउँपालिकाका संयोजक टकबहादुर थापा, सदस्य सुनाराम गुरुङ ,भानु नगरपालिकाका संयोजक लीलचन्द्र पाण्डे, व्यास नगरपालिकाका संयोजक इन्जिनियर दीर्घबहादुर क्षेत्री,  वीपी विचार समाज तनहुँका उप-सभापति क्याप्टेन रेशम बहादुर गुरुङ, देवघाट गाउँपालिकाका संयोजक सूर्य ढकाल सल्लाहकार दिपकराज जोशी, अधिवक्ता ऋषिराम पोखरेल ,  परशुराम गिरी लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?