निर्मल माविको प्रयोगशाला भवनको शिलान्यास

दमौली : तनहुँको व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयमा  शैक्षिक प्रयोगशाला भवनको शिलान्यास गरिएको छ । शुक्रबार विद्यालयले एक कार्यक्रमका बीच व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले भवनको शिलान्यास भएको हो ।

सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले पछिल्लो समय व्यवहारिक शिक्षातर्फ विद्यार्थीको आर्कषण बढ्दै गएको बताए ।
सामाजिक विकास कार्यलय तनहुँको रु.दुई करोड ५६ लाख ७४ हजार १२२ आर्थिक सहयोगमा उक्त भवन निर्माण गर्न लागेको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जनकारी दिए ।

उक्त विद्यालयले विगत चार बर्षदेखि डिप्लोमा इन सिभिल इन्जिनियरीङ बिषय र बिहानको समयमा कक्षा ११/ १२ मा सिभिल इन्जिनियरीङको पढाई संचालन गर्दै आएको छ ।

भवनको अधिकारी कन्स्ट्रक्सन प्रा.लिले निर्माणको ठेक्का पाएको छ । विसं २०८१ असार २३ भित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको छ । ३१ मिटर लम्बाई र चौडाई १२ मिटर क्षेत्रफलमा प्रयोगशाला भवन निर्माण गर्न लागिएको हो।

उक्त विद्यालयमा हाल प्राविधिकतर्फ सहित एक हजार बढी विद्यार्थी अध्ययनरत छन् । चार जना इन्जिनियर शिक्षक सहित ४६ जना शिक्षक शिक्षिका कार्यरत छन् । उक्त विद्यालयले बिहान र दिउँसो गरी दुई सिफ्टमा अध्यापन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?