भोर्लेटार : लमजुङको मध्यनेपाल नगरपालिका -७, करापुटारमा रहेको ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रिका दिन २५ लाखभन्दा बढी भेटी संकलन भएको छ । पूजा र दर्शन गर्न आएका भक्तजनहरुले चढाएको भेटी एवम् व्यवस्थापन शुल्कबाट २५ लाख रुपैयाँ बढी संकलन भएको हो ।
ईशानेश्वर महादेव मन्दिरमा यस वर्ष ५ सय ४० दम्पतीहरुले ठाडो बत्ती बालेका थिए । सोबाहेक बत्ती बाल्नेका लागि ३ सय रुपैयाँ र व्रतबन्धका लागि १ हजार रुपैयाँ शुल्क कायम गरिएको थियो । मन्दिरमा ठाडो बत्ती बाल्ने, बसेर बत्ती बाल्ने, व्रतबन्ध गराउने र अन्य स्वेच्छिक दानबाट २५ लाख रुपैयाँ बढी रकम संकलन भएको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ ।
मन्दिरमा ठाडो बत्ती बाल्नका लागि स:शुल्क ठाउँ व्यवस्थापन गरिएको थियो, भने टिकट शुल्क ५ सय रुपैयाँ कायम गरिएको थियो । काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिरपछिको धेरै भिड लाग्ने धार्मिकस्थलका रूपमा परिचित ईशानेश्वर महादेव मन्दिरमा शिवरात्रिका दिन हजारौँ भक्तजनहरुको घुइँचो लागेको थियो ।
शिवरात्रिको अवसरमा करापुटारमा हरेक वर्ष दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्दछ । करापुटारमा शिवरात्रिको अवसरमा चैत २० गतेदेखि महोत्सव सञ्चालन भइरहेको छ ।
महोत्सव चैत २९ गतेसम्म सञ्चालन हुने छ । परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, प्रवर्द्धनको लागि ‘ करापुटार धार्मिक तथा सांस्कृतिक महोत्सव – २०८० ’ ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले आयोजना गरेको हो ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?