विमलनगरमा लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा बन्द

दमौली : यातायात व्यवस्था कार्यालय विमलनगर तनहुँले लाइसेन्सको लिखित तथा ट्रायल  परीक्षा तत्काल सञ्चालन नगर्ने भएको छ।

बुधवार  एक सूचना जारी गर्दै सवारीचालक अनुमतिपत्रका लागि लिँदै आएको सवारीको लिखित तथा ट्रायल परिक्षा बन्द गरेकाे कार्यलयले जनाएको हो ।

विशेषकारणवस चैत १ गतेबाट लागु हुने गरि दुई पांग्रे, चार पांग्रे, अटो रिक्सा तथा ट्याक्टरको सम्पूर्ण लिखित तथा ट्रायल परिक्षा बन्द भएको कार्यालय प्रमुख टिका बहादुर गोदारले जानकारी दिए ।

सवारी साधनको ट्रायलका लागि पोखरा नै जानुपर्ने बाध्यताबाट राहत महसुस गरिरहेका यस क्षेत्रका नागरिकलाई यस सूचनाले निराश बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?