दमौली : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि तनहुँमा २६ वटा परीक्षा केन्द्र तोकिएको छ।
सो परीक्षा सञ्चालनका लागि शिक्षा विकास एवं समन्वय इकाई तनहुँले परीक्षाका लागि २६ केन्द्र तोकिएको हो।
जिल्लाभर २६ वटा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र सञ्चालनका लागि तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख उद्वव राज कंडेलले बताए।
परीक्षाका लागि यस वर्ष तनहुँवाट पाँच हजार चार सय ६२ परीक्षार्थी सहभागी हुनेछन् ।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?