दमौली : उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदैं आएको द नेक्स्ट एजुकेसन कन्सलटेन्सी प्रालिले दमौलीमा आफ्नो शाखा विस्तार गरेको छ । शनिवार एक कार्यक्रमबीच कन्सलटेन्सीले दमौली-२ गणेशमान चोकमा आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
शाखा उद्घाटन गर्दै नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीले वैदेशिक शिक्षाका बारेमा चासो राख्ने तनहुँका विद्यार्थीहरुलाई काठमाडौं नगइ स्थानिय स्तरबाटै सेवा लिन सहज होस भनेर दमौलीमा शाखा संचालन गरेको बताए ।
द नेक्स्टले विदेशमा अध्ययन सकेपछि स्वदेशमै फर्केर आफूले आर्जन गरेको शिक्षा र सिपलाई विकासमा लगाउन समेत अभिप्रेरित गर्दै आएको निर्देशक भण्डारीले बताए।
विद्यार्थीहरुलाई मात्र लक्षित गरि शैक्षिक परामर्श र भाषा परिक्षण प्रदान गर्ने नेक्स्ट दमौलीका संचालक सुनिल श्रेष्ठले बताए । विद्यार्थी भिसा समेत उपलब्ध गराउने विदेशमा गएर अध्ययन गरी त्यहाँको सीप र ज्ञानलाई नेपालमा ल्याएर प्रयोग गर्न सक्ने तर्फ कन्सलटेन्सीले परामर्श दिने योजना रहेको संचालक श्रेष्ठको भनाई छ ।
सन् २००५ मा डिल्लीबजारमा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सीले अस्ट्रेलियाको सिडनी, श्रीलंका लगायत १५ वटा भन्दा बढी शाखा विस्तार गरिसकेको छ ।
हाल मुख्य कार्यालय नयाँ बानेश्वरमा रहेको ‘द नेक्स्ट’ले उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अस्ट्रेलिया , क्यानडा , युएसए , युके , न्युजिल्यान्ड , आयरल्याण्ड लगायका देशहरुमा पठाउँदै आएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?