दमौली : जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक(डिएसपी) मोहनबहादुर खॉणको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले खॉण सहित १४१ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा गरिएको हो।
तनहुँमा इलाका प्रहरी कार्यालय कञ्चनपुर,सप्तरीबाट दिपककुमार राय आउने भएका छन् ।
प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?