अखिल क्रान्तिकारीले तनहुँका विद्यालयलाई भन्यो – विभिन्न बहानामा मनपरी बढी शुल्क नलिनु

दमौली : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी तनहुँले संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क हुनु पर्ने माग गरेका छन् ।

विहिवार खिल क्रान्तिकारी तनहुँका अध्यक्ष शिव  सदशंकरले  एक विज्ञप्ति जारी गर्दै वार्षिक परिक्षाको शुल्क नतिरेको बहानामा वि‌द्यार्थीलाई परिक्षा दिने अधिकारबाट बन्चित गरेको हुँदा विद्यार्थीको मानसिक असर पर्ने गरी उसको भविष्यमाथी खेलवाड गर्ने कार्य तुरुन्त बन्द गर्नु पर्ने माग गरेका छन् ।

जिल्लाकाे नमुना मानिएकाे विद्यालयले भने संविधान विपरीत विभिन्न बहानामा मनपरी शुल्क असुल गर्दै आएको अखिल क्रान्तिकारीले तनहुँले आरोप लगाएका छन् ।

“हामो प्रिय संगठन अखिल (क्रान्तिकारी) त्याग, समर्पण, बलिदानका उच्च कोटाहरू पूरा गर्दै नेपालको राजनीतिक र शैक्षिक क्षेत्रको आमूल रुपान्तरणको निम्ति संघर्षरत छ । राष्ट्रियता, जनतन्त्र र जनजीवनको पक्षमा संघर्ष र वर्ग संघर्षका कठिन र चुनौतीपूर्ण दिनहरूको समेत सामना गरेर अगाडि बढिरहेको विषय कहिँकतै छिपेको छैन । नेपालको वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाले हामीलाई दिन प्रतिदिन राजनीतिक, आर्थिक, सामाजिक साँस्कृतिक क्षेत्रमा अस्थिरता, परनिर्भर, विभेद, असमनाता र पराधिन तर्फ उन्मुख गराउँदै लगिरहेको छ भने राज्य शिक्षा क्षेत्रको दायित्वबाट जिम्मेवार मुक्त भई शिक्षालाई नीजिकरण गराउँदै शैक्षिक माफियाहरुलाई लुटी खाने भाँडो बनाएको छ । आजको महंगो शिक्षा प्रणालीले वि‌द्यार्थीहरूले ज्ञान लिने पाउने अधिकारबाट बन्चित हुनु परेको छ भने अभिभावकहरूले पनि आफ्नो बाबुनानीहरूलाई सहज रूपमा पढाउन सकिरहेको छैन । यसै सन्दर्भमा तनहुँ जिल्लामा संचालित नीजि शैक्षिक संस्थाहरुले संचालन गरिरहेको वार्षिक परिक्षाको शुल्क नतिरेको बहानामा वि‌द्यार्थीलाई परिक्षा दिने अधिकारबाट बन्चित गरेको हुँदा विद्यार्थीको मानसिक असर पर्ने गरी उसको भविष्यमाथी खेलवाड गर्ने कार्य तुरुन्त बन्द गरी वि‌द्यार्थीलाई तत्काल परिक्षा दिने वातावरण मिलाइयोस् । अन्यथा, हाम्रो संगठन कडा संघर्षका कार्यक्रम सहित अगाडि बढ्न बाध्य हुनेछौं । उक्त संघर्षबाट आउने गम्भिर परिस्थितिको जिम्मेवारी स्वयम् विद्यालय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?