दमौली खानेपानीको अध्यक्षमा बुद्धिमान श्रेष्ठ

दमौली : दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको अधिवेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित श्रेष्ठले एक सय ५ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी माधवप्रसाद अधिकारीले ७४, राजकुमार श्रेष्ठले ३४ र टुकबहादुप हमालले २३ मत प्राप्त गरेका छन् ।

अधिवेशनबाट कोषाध्यक्षमा चिरौकाजी बतास निर्वाचित भएका छन् । उनले एक सय ३७ र दीर्घबहादुर थापाले ७९ मत प्राप्त गरेका छन् । दुई सय ६६ मतदाता रहेकामा मतदानमा दुई सय ६१ मत खसेको थियो ।

यसअघि संस्थाको उपाध्यक्षमा विश्व सुवेदी र सचिवमा योगिता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए ।

व्यासनगरपालिकाको वडा नं २, ३ र ४ का गरी करिब तीन हजार ५०० पानीका धारा जडान गरिएको छ भने सदस्यता दुई हजार ५०० ले नवीकरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?