एमाले कास्कीको अध्यक्षमा बैनबहादुर निर्वाचित

पोखरा : नेकपा एमाले जिल्ला कमिटी कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री विजयी भएका छन् । एमाले कास्कीको आज सकिएको ११ औ अधिवेशनमा निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्ष निर्वाचित भएका हुन् ।

स्थायी कमिटी सदस्य समूहका क्षेत्रीले ५ सय ५१ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बास्तोलाले ३४७ मत पाए । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गरे ।

अध्यक्षसहित सबै पदाधिकारीमा खगराज समूहको प्यानलै विजयी भएका छन् । उपाध्यक्षमा भेषराज बराल(५२७), सचिवमा दर्शन लामा(५९७), उपसचिवमा लालबहादुर परियार (५८१) र सन्तु सुवेदी (५१०)विजयी भएका हुन् ।

पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षमा शिव आचार्य (३८८) र सचिवमा सुरेन्द्र गुरुङ (३२०), उपसचिवमा राधिका शाही योगी (३४४) र सिता परियार (३३४) पराजित भए ।

पृथ्वीसुब्बा र खगराज समूहले प्यानल बनाएर निर्वाचनमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?