तनहुँमा तीन सय ६ घरेलु उद्योग दर्ता

दमौली : तनहुँ जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा तीन सय ६ घरेलु उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुन महिनाको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय तनहुँमा तीन सय ६ नयाँ उद्योग दर्ता भएका हुन्।

यस अवधिमा सात  सय ६८ घरेलु उद्योगको नवीकरण भएको कार्यालयका सूचना अधिकारी कर्णबहादुर राणाले बताए। उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ दुई सय ९२ नयाँ दर्ता भएका छन् भने छ सय ८७ को नवीकरण भएको छ।

कार्यालयका अनुसार जिल्लामा उत्पादनमूलक ३२ वटा र एउटा साझेदारी  उद्योग दर्ता भएको छ । त्यसैगरी कृषि तथा वन पैदावारमा आधारित १ सय ४ वटा, निजी एउटा कम्पनी दर्ता भएको छ ।

पर्यटन तर्फ ७७ वटा ,  सेवाका ७९ र प्रा.लि का तीनवटा , पूर्वाधारतर्फ साना दुईवटा र एउटा प्रा.लि दर्ता भएको कार्यालयले जनाएको छ।  त्यस्तैगरी प्रविधिमा आधारित पाँचवटा साना उद्योग र एउटा प्रा.लि दर्ता भएको छ।

दमौली बजार, डुम्रे, आँबुखैरेनी, खैरेनीटार , दुलेगौडा लगायत स्थानमा उद्योग/व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढिरहेकाले नयाँ उद्योग दर्ता पनि बढेको कार्यालयले जनाएको छ ।

उनका अनुसार दर्ता भएकामध्ये अधिकांश कृषि फर्म, सिलाइकटाइ, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?