राष्ट्रपति पौडेल भोलि भिमाद आउदै

दमौली : राष्ट्रपति रामचन्द्र पौडेल भोलि भिमाद आउने भएका छन्  । तनहुँको भिमाद नगरपालिका -६ स्थित जनज्योति क्याम्पसको निर्मित भवनको उद्घाटन गर्न आउन लागेका हुन् ।

क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्लेका अनुसार राष्ट्रपति पौडेलले भवनको उद्घाटनसँगै क्याम्पसको १६ औं वार्षिकोत्सव को उद्घाटन गर्ने कार्यक्रम छ ।

क्याम्पसमा तनहुँको भिमाद नगरपालिका, ऋषिङ , घिरिङ गाउँपालिका लगायतका स्थानका विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?