नेपाली कांग्रेसको जनजातितर्फ बाट केन्द्रीय सदस्यमा गुरुङले उम्मेदवारी दिने

दमौलीः  तनहुँ क्षेत्र न. १ का  नेता एवं  महाधिवेशन प्रतिनिधि रेशमलाल गुरुङ  नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा जनजातितर्फ बाट केन्द्रीय सदस्य चुनाव लड्ने दमौली अनलाइनलाई  जानकारी दिए ।

गुरुङले दमौली अनलाइनसँग कुरा गर्दै यही मंसिर २४ गतेदेखि २७ सम्म  हुने कांग्रेसको महाधिवेशन जनजातितर्फ बाट केन्द्रीय सदस्य चुनाव लड्ने घोषण गरेका हुन् । उनले भनेका छन् “जनजातिका अधिकार प्राप्तिको अभियानमा आफु  प्रत्यक्ष वा  अप्रत्यक्ष रुपमा विगत लामो  समय देखी निरन्तर लड्दै आइरहेको छु ।“ जनजातिहरुको  हकहितका लागि नेपाली कांग्रेस पार्टी र राज्यको नीति निर्माण गर्नुपर्ने आबश्यकता रहेकाले आफूले उम्मेदवारी दिएको बताए ।

उनले यस अभियानमा सहयोगका लागि अनुरोध समेत गरेका छन् । मंसिर २५ मा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।नेपाली काँग्रेस तनहुँको   जिल्ला कोषाध्यक्ष समेत रहेका गुरुङ हालै सम्पन्न १४ औं बाट महाधिबेशन प्रतिनिधिका रुपमा निर्वाचित भएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?