मुसेखोलामा जमिन चिरा पर्दा पृथ्वीराज अवरुद्ध

दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका -१ स्थितमुसेखोला स्थित जमिन चिरा पर्दा राजमार्ग अवरुद्ध भएको छ।

शुक्रवार करिव साढे ११ बजे राजमार्ग सडक खण्डमा सडक बिस्तारको क्रममा सडकको अं. ७२ मिटर माथीबाट अं. १०० मिटर जमिन चिरा परेको तनहुँ प्रहरीले जनाएको छ ।

ढुङ्गा माटो झरिरहेकोले मुग्लिन पोखरा सडक योजना पुर्वी सडक खण्डसँग समन्वय गरी सबै सवारी साधन तालघरेबाट रानिगाउँ हुदै घासिकुँवा निस्कने भित्री सडक खण्ड प्रयोग गर्न अनुरोध गरेको छ ।
पृथ्वी राजमार्ग भएर सञ्चालन हुने केही सवारी साधनले वैकल्पिक मार्गको प्रयोग समेत गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?