दमौली : शहीद विष्णु जमरकट्टेल र स्वगिय तिलबहादुर शाहीको स्मृतिमा व्यास नगर नगरपालिका–६ शिसाघाटमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । शिविरमा ५०० जना लाभान्वित भएका छन् ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डा. विपना गुरुङ, हार्डजोर्नी, नशा नशारोग विशेषज्ञ डा. सुमन लामिछाने, बालरोग विशेषज्ञ डा.दामोदर तिवारी, दाँत रोग विशेषज्ञ डा. डा. कन्चन ढकाल, जनरल फिजिसियनहरु डा.अपिल दवाडी, डा. सम्पदा पण्डित, डा. मनोज केसीले उपचार गर्नु भएको थियो । शिविर विष्णु जमर कट्टेलको स्मृति प्रतिष्ठानको आयोजन तथा नेशनल सिटी अस्पताल चितवन र सामुदायिक स्वास्थ्य केन्द्र नेपाल सौराहा, चितवनको सहयोगमा गरिएको थियो ।
शिविरको नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा गुरुङले कांग्रेस भएकै कारण मारिएको स्मरण गर्दै सम्झौता सत्ताको लागि नभई शान्तिको लागि कांग्रेसले गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका निर्वतमान सभापति तथा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानले शहिद जमरकट्टेलले देखेको सपना पुरा गर्नु दायित्व रहेको स्मरण गर्दै प्रतिष्ठानको कामलाई मद्धत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शान्ताराम घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ सभापति चुडामणी दाहाल, शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डित, नेपाली कांग्रेस मध्यनेपालका उपसभापति नवराज पराजुली, व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, व्यास नगरपालिका प्रवक्ता जीवन गुरुङ, परिवारको तर्फबाट राजेन्द्र जमरकट्टेल लगायतले यस्ता कार्यक्रमले शहीद विष्णु जमरकट्टेलको विकासको लागि पु¥याएको योगदानको भावी पुस्तालाई जानकारी दिन मद्धत पुग्ने विश्वास व्यक्त गरे।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?