
दमौली : घान्द्रुक पर्यटन व्यवस्थापन समितिद्वारा आयोजित घान्द्रुक पर्यटन महोत्सवको चक्रिय पदमार्थ दौड प्रतियोगिताको उपाधि आँबुखैरेनीका सनम गुरुङले जितेका छन् । पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजित दौड प्रतियोगिताको निर्धारित ५.५ किमी दुरी ३२ मिनेट ४६ सेकेन्डमा पार गर्दै सनमले उपाधि जितेका हुन् ।
यस्तै स्थानीय उमेश नेपालीले ३३ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै द्वित्तिय बने भने घान्द्रुककै कृष्ण परियारले ३३ मिनेट २० सेकेन्डमा दुरी पार गर्दै तृतीय बनेको महोत्सवका आयोजक संस्थाका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रथम द्वित्तिय र तृतीउ बनेका धावकहरुले क्रमश मेडल तथा प्रमाणपत्रसहित नगद रु १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।
कुल ३६ धावकको सहभागिता रहेको दौडमा १२ वर्षकी बालिकादेखि ५८ वर्षको वृद्धालेसमेत प्रतियोगितामा भाग लिगेका थिए ।
उक्त दौड मेश्रेम बराह माविबाट सुरु भएर चक्रिय पदमार्ग वडा नं. १० को कार्यालय हुँदै पञ्चे, कोटगाउँ, देउराली, बलाथे पार्क, नब्रुथी बराह मन्दीर, कायमा बराह, सात सय घान्दु्रकेले मान्दै आएको ब्रेजे मेश्रे बराह नेगु, चिया बगान, डाडागाउँ, कुमाभ्री, सिल्कु, खोलोभ्रो हुँदै विद्यालयमा आएर टुंगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?