वीरगञ्ज : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीलाई दबाब र प्रभावमा पार्ने, अनुचित फाइदा लिन खाेज्ने र प्रहरी/प्रशासनलाई दुरूपयाेग गर्न खाेज्नेको सदस्यता नै खारेज गरिने चेतावनी दिएका छन्।
पार्टी कार्यकर्तालाई हिजो वीरगञ्जमा सम्बाेधन गर्दै मन्त्री लामिछानेले आफूहरु सरकारमा देश र जनताका पक्षमा काम गर्न गएकाले व्यक्तिगत लाभ र हानीकाे काम लिएर काेही पनि नआउन चेतावनी दिए ।
‘पार्टी सरकारमा भएकाे लाभ कुनै पनि नेता/सदस्यलाई हुने छैन,’ उनले भने ।
लामिछानेले रास्वपाका नेता/सदस्यले कानून बर्खिलाप काम गरे तिनलाई अरुलाई भन्दा बढी कारबाही गरेर जानकारी गराउन प्रहरी/प्रशासनलाई पनि आग्रह गरे ।
राजनीतिकाे आडमा कुनै दल तथा नेता-कार्यकर्ताकाे नाजायज काम सह्य नहुने उल्लेख गर्दै उनले सूचना संकलन, सेवा प्रवाह, सुशासन कायम आदिका लागि स्थानीयस्तरमा प्रशासन/प्रहरीलाई सहयाेग गर्न रास्वपाका नेता- कार्यकर्तालाई निर्देशन दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?