व्यास नगरपालिकाले मनायो ३२ औं स्थापना दिवस

दमौली : तनहुँको व्यास नगरपालिकाले ३२ औं स्थापना दिवस मनाएको छ ।  नगरपालिकाले शुक्रवार एक कार्यक्रमको बिचमा आफ्नो ३२ औं स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा व्यास नगर दर्पण पुस्तक विमोचन गर्दै तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले  कृषि र पर्यटनलाई प्राथमिकतामा राखी योजना बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियार, पूर्व सदस्य प्रकाश पन्थ, प्रदेश सभासदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतले बोलेका थिए ।

स्थापना दिवसका अवसरमा शिक्षकका तर्फबाट पाँच, कृषि तथा पशुपंक्षीपालक कृषकका तर्फबाट चार, कर्मचारीतर्फ छ, विद्यार्थीतर्फ नौ जनालाई सम्मान गरिएको थियो ।

विसं २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि सम्पन्न पहिलो आम निर्वाचनबाट तत्कालिन सरकारद्वारा २०४८ चैत ३० गते व्यास नगरपालिका स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?