शिक्षाकाे गुणस्तर अभिवृद्धिको मागसहित नेविसंघको ज्ञापनपत्र

दमौली : नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । बिहिवार म्याग्दे गाउँपालिकामा  नेविसंघका केन्द्रीय सदस्य राजेश कुमार श्रेष्ठ लगायतका विद्यार्थीले पालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठलााई ज्ञापनपत्र बुझाएका हुन् ।

आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा विहिवार नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझावसहित ज्ञापनपत्र देशभरका स्थानीय तहमा बुझाएको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए ।

नेविसंघ केन्द्रीय सदस्य श्रेष्ठले दिएको जानकारीअनुसार देशभरकै ७५३ वटा स्थानीय तहमा ज्ञापनपत्र बुझाइएको छ । उनीहरूले विद्यालय शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट बृद्धि गर्नुपर्नेलगायका माग राखेका छन् ।

ज्ञापनपत्रमा विद्यालयमा कार्यरत  कर्मचारीलाई सरकारले तोकेको न्यूनतम परिश्रमिकभन्दा कम नहुने गरि भुक्तानी गर्नुपर्ने, वार्षिक शैक्षिक योजना बनाई  कार्यान्वयन गर्न निर्देशन दिनुपर्नेलगायत उल्लेख गरिएको छ ।

१७ बुँदे मागपत्रमा प्रविधिमार्फत् बालबालिकामाथि हुने उत्पीडन एवं दूव्र्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुव्र्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?