शुक्लागण्डकीमा चक्कु प्रहार गरी छोराले गरे बाबुको हत्या

दमौली :   धारिलो हतियार (चक्कु) प्रहार गरेर तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा आफ्नै छोराले बुबाको हत्या गरेका छन् ।

हत्या अभियोगमा प्रहरीले २६ वर्षीय दिपक विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।

म्याग्दे गाउँपालिका–६ घर भई हाल घारीस्थित छोरी रश्मी विकको घरमा बस्दै आउनुभएका ७६ वर्षीय रापबहादुर विकको चक्कु प्रहार गरी हत्या भएको प्रहरी नायब उपरिक्षक दिपककुमार रायले जानकारी दिए ।

हत्याको अभियोगमा प्रहरीले दिपकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको तनहुँ  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?