
काठमाडौं : नेपाल र वेस्ट इन्डिज एबीच दोस्रो टी– २० मा नेपाल पराजित भएको छ ।
१६१ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । कप्तान रोहित पौडेल रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।
उनलाई अन्य ब्याटरको सहयोग पनि भएन । नेपाललाई अन्तिम ओभरमा १७ रन आवश्यक थियो । तर, कप्तान रोहितले सो रन बनाउन सकेनन् ।
नेपालले पावर प्लेमै चार विकेट गुमाएको थियो । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाएको थियो । हारपछि पाँच खेलको सिरिज एक–एक भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?