नेपाली लेखक संघ तनहुँले मनायो द्धितीय राष्ट्रिय लेखक दिवस

दमौली : नेपाली लेखक संघ तनहुँले दमौलीमा द्धितीय राष्ट्रिय लेखक दिवस २०८१ मनाएको छ। आइतवार दमौलीमा शुभकामना आदान प्रदान गर्नुकासाथै गायन र रचना वाचन गरी द्धितीय राष्ट्रिय लेखक दिवस मनाइएको हो।

साहित्यको विकासमा राज्यको सकारात्मक सहयोग हुनुपर्नेमा एक कार्यक्रममा सहभागी साहित्यकारहरुले जोड दिएका छन् । द्धितिय राष्ट्रिय लेखक दिवसको अवसरमा नेपाली लेखक संघ तनहुँले आईतबार दमौलीमा गरेको कार्यक्रममा सहभागी साहित्यकारहरुले रचनापाठ सहित साहित्यको विकासमा राज्यको सवै तहबाट सकारात्मक पहल हुनुपर्नेमा जोड दिएका हुन् ।

साहित्यले जहिल्यै सुशासन कायम गर्न र वेथिति विरुद्ध आवाज उठाउने भएकोले राज्यको प्राथमिकतामा पर्न नसकेको महशुस भएको साहित्यकार काशिनाथ न्यौपानेले बताए । ‘‘जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि भन्ने गरिन्छ’’, साहित्यकार न्यौपानेले भने, ‘‘राज्यको सहयोग भुईतहका  मान्छेलाई हुनुपर्छ भनेर नै हामीले आफ्नो सृजनाबाट भन्ने गर्छौ । त्यसैले पनि राज्यले साहित्यको विकासमा जुट्न आवश्यक ।’’

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समाजलाई र राज्यलाई सकारात्मक दिशाबोध गर्न साहित्यकारको भूमिका रचनात्मक हुने बताए । साहित्यिक विकासको लािग व्यास नगरपालिकाको सहयोग रहदैं आएको समेत नगरप्रमुख न्यौपानेको भनाई छ ।

साहित्यकारहरुको सृजना विकासमा राज्यको विभिन्न तहबाट सहयोग हुनुपर्ने कार्यक्रममा अर्का साहित्यकार देव वस्न्यातले बताए। साहित्यको विकासमा स्थानीय तहदेखि संघीय सरकारसम्मको प्राथमिकतामा पर्न नसक्नु दुखद् भएको बताए  ।

कार्यक्रममा साहित्यकारहरु डा. लक्ष्मीकान्त चापागाई, गौकुमारी न्यौपाने, डा. रघुनाथ न्यौपाने, भवानी खनाल लगायतले रचना वाचन गर्दै राज्यको प्राथमिकता हुन नसक्नु दुखद् भएको बताए । आफूहरुले साहित्यको विकासको लागि विभिन्न कार्यक्रम गर्दै आई रहेको नेपाली लेखक संघ तनहुँका अध्यक्ष शंकरराज नहर्कीले बताए ।

कार्यक्रममा नेपाली लेखक संघ तनहुँका संस्थापक अध्यक्ष कमलामोहन वाग्लेलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?