मतान्तर फराकिलो बनाउँदै सुहाङ

काठमाडौं : प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता झनै फराकिलो बनाउँदै लगेका छन् ।

सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा २ हजार ८५३ मतले अगाडि छन् ।

सुहाङले ९ हजार ४८४ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ६३१ मतसहित पछ्याइरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ०५१ मतसहित तेस्रो स्थानमा छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४०१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?