दमौली : शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जिल्लास्थित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजनीतिक पार्टीको सदस्यता त्याग्न निर्देशन दिएको छ । कुनै पनि राजनीतिक दलको सदस्यता लिएको भए तत्काल त्याग्न शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले भनेको छ ।
इकाइ प्रमुख उद्धवराज कट्टेलले आइतबार सूचना जारी गरी राजनीतिक दलको सदस्यता लिने, कार्यकारिणी समितिमा रहने, महाधिवेशन प्रतिनिधि हुने जस्ता कार्य नगर्न ध्यानाकर्षण गराएका हुन् ।
त्यस्ता कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही हुने उनले उल्लेख गरेका छन् ।
सुचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?