एमाले तनहुँको दशौँ औं अधिवेशनको लोगो सार्वजनिक, २८ र २९ गते अधिवेशन हुँदैछ

दमौली : नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको दशौँ औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । पार्टीले विहिवार दमौलीमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको लोगो सार्वजनिक गरिएको हुन्।

आगामी वैशाख २८ र २९  गते एमाले तनहुँको अधिवेशन हुँदैछ । सार्वजनिक लोगोमा सूर्य चिन्ह, एमालेको लोगो, कम्युनिष्टको झण्डा, महर्षि वेद व्यास, आदिकवि भानुभक्त आचार्य, कम्युनिष्ट नेता स्व. एकदेव आलेको तस्वीरलाई समेटिएको छ ।

लोगो सार्वजनिक गर्दै केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज तिलक महतले जेठ मसान्त भित्र गण्डकीको सबै जिल्लाका अधिवेशन सम्पन्न हुने बताए।

जिल्ला अध्यक्ष श्री प्रसाद श्रेष्ठले नयाँ नेतृत्व सर्वसम्मत रुपमा हुने आफू विश्वस्त रहेको बताए।

अधिवेशनमा कूल ५ सय ६९ प्रतिनिधि सहभागी हुने जिल्लाका उपसचिव प्रदीपराज अधिकारीले जानकारी दिए ।उनका अनुसार अधिवेशनका लागि प्रतिनिधि चयन वैशाख २१ र २२ गते हुने भएको छ ।

अधिवेशनका लागि आयोजकको रुपमा रहेका जिल्ला कमिटिका १२४ जना, सल्लाहकार १५ जना, मोर्चा संगठनवाट ३२ जना, दलित तर्फबाट ४४ जना, पालिकावाट १५ र भुगोलवाट ३३० गरि कुल ५६० प्रतिनिधि उपसचिव अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?