सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं : सरकारले सय रुपैयाँको नोटमा राखिएको नक्सा परिवर्तन गर्न नेपाल राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको छ ।

अहिले भएको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैशाख १३ गते र २० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शर्माले सो कुरा जानकारी गराएकी हुन् ।

‘अर्थ मन्त्रालयको प्रस्तावमा नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ १ सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिवर्तन गर्न स्वीकृति दिने निर्णय भएको छ’, मन्त्री शर्माले जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?