दमौली : नेकपा एमाले तनहुँको दशौ अधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदैछ । अधिवेशनको नेकपा एमालेका महासचिव शंकर पोख्रेलले उदघाटन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए।
अधिवेशन नजिकिएसँगै हरिराज कंडेल र विष्णुभक्त सिग्देल अध्यक्षको आकाङक्षी रहेको देखिन्छ। जिल्लाका वर्तमान उपाध्यक्ष कंडेल रप्रदेश कमिटीका पूर्व सदस्य सिग्देलको बलियो दाबेदारी प्रस्तुत भएको छ ।
कंडेललाई पार्टीकास्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतका केन्द्रीय नेताहरुको समर्थन देखिएको छ । उता, सिग्देललाई भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समर्थन देखिएको छ । निर्वाचन भएको खण्डमा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री र वर्तमान मुख्यमन्त्री प्यानल बन्ने सम्भावना बढेको छ ।
नेकपा एमाले रामेछापको आगामी नेतृत्व छनोट गर्न भूगोल, जनसंगठन र मनोनितबाट गरि ५ सय ८७ प्रतिनिधि चयन भएका छन् ।
जिल्ला अध्यक्ष श्रेष्ठले नयाँ नेतृत्व सर्वसम्मत रुपमा हुने आफू विश्वस्त रहेको बताए। अधिवेशनको पार्टीका महासचिव पोख्रेल र सचिव गोकर्ण विष्टको सहभागी रहने कार्यतालिका रहेको पार्टीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?