काठमाडौं: नेपालले कोभिड–१९ विरुद्धको थप १९ लाख ६५ हजार डोज मोडेर्ना खोप प्राप्त गरेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति महाशाखाका अनुसार कोभ्याक्स सुविधामार्फत जर्मन सरकारको सहयोगमा उक्त खोप सहयोग प्राप्त भएको हो ।
नेपालले अहिलेसम्म ३६ लाख ५० हजार ६ सय डोज मोडेर्ना खोप प्राप्त गरिसकेको महाशाखाले जानकारी दिए ।
सरकारले प्राप्त मोडेर्ना खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ५७ जिल्लाका बालबालिकालाई पुस ४ गतेदेखि १४ गतेसम्म विद्यालयमै लगाउने योजना बनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?