दमौली : तनहुँको व्यास नगरपालिका–२ स्थित बुल्दीखोलामा शनिबार आयोजित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गरेर कालीभञ्जन गण (इ) प्रथम भएका छन् ।
कालीभञ्जनले एक हजार २४ किलो फोहर सङ्कलन गरेर प्रथम भएका हुन् । उनीहरुले नगद रु दश हजार प्राप्त गरे।
त्यस्तै व्यास नगरपालिका–२ स्थित पुलजीप टोल विकास संस्थाले ९सय ४० किलो फोहर सङ्कलन गरी दोस्रो स्थान हासिल गरेको छ । उनीहरुले नगद रु पाँच हजार प्राप्त गरे ।
त्यस्तैगरी विद्यालय तर्फ प्रतियोगितामा न्यु मनकामना बोर्डिङ स्कुल प्रथम र कन्काई गोल्वल एकेडेमी द्धितीय भएको छ । उनीहरुले क्रमस: नगद रु चार हजार र दुई हजार पुरस्कार प्राप्त गरेका छन् ।
उक्त कार्यक्रमकामा विभिन्न टोल विकास संस्था, संघसंस्थागरी ५४ टिम सहभागिता रहेको थियो ।
बुल्दी र चुँदीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्धेश्यसहित वृहत सरसफाई अभियान सञ्चालन गर्न लागिएको युवा अभियान्ता सुदीप गफ्फारले जानकारी दिए ।
चुँदीखोलामा जेठ ५ गते सरसफाई अभियान सञ्चालन हुने गफ्फारले बताए।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?