दमौलीमा जुवातास खेलिरहेका ७ जना पक्राउ

दमौली :  तनहुँको सदरमुकाम दमौलीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । व्यास नगरपालिका -३ अनसन चौतारीमातारी स्थितमा रहेको लक्ष्मण मल्लको घरमा स्शिवार जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षकदिपक कुमार रायले जानकारी दिए  ।

पक्राउ पर्नेहरुमा घरधनी मल्ल,बल राम गुरुङ,डम्मर बहादुर बराली,तुल बहादुर अधिकारी,डिल बहादुर आले,बुद्धीराज मिश्र र संजय गहतराज रहेका छन्  ।

कार्यलयबाट प्रहरी अधिकृत समेतको कमाण्डमा १० जनाको प्रहरी टोलीले उनीहरूलाई रु ६८ हजार सात सय ९३ र तासका पत्तिहरु ११४४ थान सहित बरामद सहित पक्राउ गरेको जानकारी दिइएको छ ।

यस सम्बन्धमा प्रहरीले उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट सात दिनको म्याद थप आवश्यक अनुसन्धान गरिरहेको तनहुँ प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?