एमाले तनहुँ अधिवेशन: हरिको अग्रता कायमै, ८ मतले अघि

दमौली :  नेकपा एमाले तनहुँ जिल्ला कमिटी नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षमा हरि  कंडेलले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार रिजालले प्रतिस्पर्धी विष्णुभक्त सिग्देलभन्दा ८ मतले अग्रता लिएका हुन्।

कंडेलले ५७ मत पाएका छन् भने सिग्देलले ४९ मत पाएका छन्।

त्यस्तै उपाध्यक्षमा राजेश्वर ढकालले ५३ र श्रीराम कार्कीले ५३, सचिवमा प्रदीपराज अधिकारीले ५३ र अनिल पाण्डेले ५२, उपसचिवमा खिम कुमालले ६० र आरके पोख्रेलले ४२, उपसचिव महिलामा सुनिता नेपालीले ५५ र बसुन्धरा घर्तीले ४७ मत प्राप्त गरेका छन् ।

शनिवार राति भएको मतदानमा सहभागी कूल ५ सय ८५  जना प्रतिनिधि मतदाता रहेकोमा ५ सय ६०  मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?