दमौली : नेकपा एमाले तनहुँको अधयक्षमा अध्यक्षमा हरिराज कंडेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी विष्णुभक्त सिग्देललाई ८८ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित भएका हुन् ।
कंडेलले दुई सय ९२ मत पाएका छन् भने सिग्देलले दुई सय चार मत पाएका छन्। पदाधिकारीमा कंडेलको प्यानल नै निर्वाचित भएको छ ।
उपाध्यक्षमा दुई सय ७९ मतका साथ राजेश्वर ढकाल विजयी भएका छन् । उनका प्रतिस्पर्धी श्रीराम कार्कीले दुई सय १४ मत ल्याएका छन् ।
सचिवमा दुई सय ८० मतका साथप्रदीपराज अधिकारी निर्वाचित भए । उनका प्रतिस्पर्धीअनिल पाण्डेले दुई सय ११ मत पाएका छन् ।
उपचचिवमा दुई सय ९६ मतका साथ खिमबहादुर कुमाल विजयी भएका छन् भने प्रतिस्पर्धी प्रतिस्पर्धी रोमाकान्त पोख्रेलले एक सय ८४ मत ल्याएका छन् ।
उपसचिव महिलामा सुनिता नेपाली दुई सय ८३ मत प्राप्त गरी विजयी भएकी छ्न् । प्रतिस्पर्धी बसुन्धरा घर्तीले एक सय ९७ मत प्राप्त गरिन् ।
पाँच सय ८५ मतदातामध्ये निर्वाचनमा पाँच सय ६० मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?