व्यास नगरपालिकाको भन्यो- सहकारीबाट लिएको ऋण चुक्ता गर्नु

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाले सहकारीबाट ऋण लिएका सदस्यहरुलाई ऋणकोे साँवा ब्याज भुक्तानी गर्न निर्देशन दिएको छ ।  नगरपालिकाले आज सूचना जारी गरी ऋण रकम चुक्ता गर्न ऋणी सदस्यलाई आग्रह गरेको हो ।

नगरपालिकाले जारी गरेको सूचनामा सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले तोकिएको समय भित्र ऋणको सावाँ तथा व्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्ता गर्न नसकेको समेत पाइएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?