दमौली : पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी- ४ वेनीटारबाट आइतवार निषेधित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका – ७ च्याङ्ली बस्ने बर्ष ४२ को सन्जिव थापा र तनहुँको बन्दिपुर गाउँपालिका – १ गुरुङटार बस्ने बर्ष ३६ को सुवास सुनार रहेका छन्।
पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँचको लागि खटिएको प्रहरी टोलीले मुग्लिङबाट आबुखैरेनीतर्फ आउदै गरेको ग २१ प ९८१९ नं. को मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाई ल्याएको लागुऔषध सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनीहरुको साथवाट ट्रामाडोल लेखिएको १७३ (एक सय त्रिहत्तर) पत्ता अर्थात (१७३० क्यापसुल) ट्याब्लेट बरामद गरिएको छ ।
निजहरुलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?