
दमौली : तनहुँका तीन स्थानीय तहले भोलि सोमवार स्थानीय बिदा दिएका छन् ।
जिल्लाका म्याग्दे गाउँपालिका गाउँपालिका,भानु र व्यास नगरपालिकाले बिदा दिएका हुन् ।
पालिकाहरुले आइतबार सूचना जारी गरी पालिकामा बिदा दिने निर्णय भएको जनाइएको छ ।
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा पालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक एवं नीजि शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक), वित्तीय संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?