ऋषिङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

दमौली : तनहुँको ऋषिङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिका खोपको पहुँचमा आएको एकिन भएपछि हिमालाई विहिवार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता,पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता नाराका साथ  पूर्णखोप घोषणा गरिएको छ ।

खोप उमेर समूह जन्मेदेखि १५ महिना सम्म र १६ महिनादेखि पाँच वर्ष उमेरका सबै बालबालिका खोपको पहुँचमा पुगेका छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र पालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पूर्णखोप सुनिश्चितता घोषणा गरे ।

जिल्ला समन्वय समिति तनहुँका वाग्लेले  रोग प्रतिरोधात्मक क्षमता बढाउन अनिवार्य खोप लगाउनु पर्ने बताए । मुलुकको दक्ष र अब्बल जनशक्ति निर्माण गर्न अहिले स्वास्थ्य नागरिक हुन जरुरी रहेको उनले बताए ।

हरेक वर्ष खोप सुनिश्चितता गर्ने कार्यक्रम अनुसार सबै सूचक पुरा गरेर पूर्णखोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार गाउँपालिकाले स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको छ ।

घोषणा कार्यक्रममा हिमा गाउँपालिकाकी उपाध्यक्ष गिनु माया थापा,प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाट ,विभिन्न वडाका  वडाध्यक्षहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि स्वास्थ्यकर्मी,महिला स्वयमसेविकाहरु को उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?