
दमौली : भ्रष्टाचार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका -६ का नरबहादुर गुरुङ रहेका छन् ।
जिल्ला अदालतले गुरुङलाई विसं २०७९ चैत ३ गतेकाे फैसला अनुसार रु पाँच लाख ४८ हजार एक सय ९१ जरिवानाको कैद सजाय सुनाएको थियो ।
पक्राउ परेका उनलाई शुक्रबार अदालतमा बुझाइएकाे प्रहरीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?