गर्मीका कारण आँबुखैरेनीका विद्यालयमा दुई दिन बिदा

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका सबै सामुदायिक, संस्थागत र बाल विकास केन्द्रहरू गर्मीका कारण दुई दिन बन्द गरिने भएको छ ।

गाउँपालिकाले गर्मीका कारण विद्यार्थी बिरामी हुने क्रम बढेको र पठनपाठनमा असहजता भएको भन्दै दुई दिन बिदा दिने निर्णय गरेको हो ।

३१ र ३२ जेठ दुई दिन सबै विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले जानकारी दिए ।

दुई दिनको गर्मी बिदा बर्खे बिदाबाट कट्टा हुने गरी मिलाइएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?