
दमौली : तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा गत जेठ २१ गते ट्याङ्करको ठक्करबाट मृत्यु इन्जिनियर स्व. प्रविण कैनीको परिवारलाई व्यास नगरपालिकाले रु तीन लाख सहयोग गर्ने निर्यण गरेको छ ।
व्यास नगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले दुर्घटनामा मृत्यु भएका नगरपालिकामा कार्यरत इन्जिनियर कैनीको परिवारलाई राहत स्वरुप नगरपालिकाले रु तीन लाख उपलब्ध गराउने निर्णय गरेको पालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।
निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाको चिनियाँ कम्पनीको पानी हाल्ने ट्याङ्करको ठक्करबाट मृत्यु कैनीका परिवारलाई चिनियाँ कम्पनीका तर्फबाट रु २५ लाख, बीमाबापतको रु पाँच लाख प्रदान गर्ने सहमति भएको थियो ।
त्यस्तैगरी कम्पनीका तर्फबाट पीडित परिवारका एक जनालाई कम्तिमा एक वर्ष रोजगारी दिने सहमति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?