सुनको मूल्य एकैदिन १६ सयले बढ्यो

काठमाडौं : स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदी प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?