
दमौली : तनहुँकाे शुक्लागण्डकीमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–५, भीमसेनटोलका ३३ वर्षीय सुजनकुमार रानासहित पाँचजना छन् ।
स्थानीय इन्द्रबहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
नगद ३१ हजार ६०५ रुपैयाँ र चार बुक ताससहित सोमबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?