कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का

काठमाडौं : सुनिल खड्का कमेडी च्याम्पियन सिजन- ३ का विजेता बनेका छन्।

शनिबार भएको ग्रान्ड फिनालेमा खड्का  विजेता बनेका हुन् । ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन् ।

काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए।

उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?