खोलामा करेन्ट लगाई माछा मार्ने चार जना पक्राउ

दमाैली :  तनहुँको व्यास नगरपालिका–७ पातलस्थित मादी नदीमा करेन्ट लगाई माछा मार्ने चार जना आज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा व्यास नगरपालिका–७ सत्रसय बस्ने २५ वर्षीय पदमबहादुर ठकुरी, ४० वर्षीय पूर्ण विक, ५० वर्षीय शेरबहादुर दुरा र लमजुङको मध्यनेपाल नगरपालिका–४ वाग्लेफाँट बस्ने ४० वर्षीय लिलबहादुर दुरा रहेका छन् ।

आइतवार बिहान ५ बजे करेन्ट प्रयोग गरी माछा मारिरहेको अवस्थामा निजहरुलाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए ।

उनीहरुको साथवाट रातो रङगको ब्याट्री एक थान, करेन्ट प्रवाह गर्ने मोटर एक थान, प्लाईबक्स एक थान, तार सहितको टाँगा दुई र घोल्याङ एक थान सहित तीन किलो पाँच सय ग्राम माछा बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?