पत्रकार भट्टराई सम्मानित

दमौली : अपाङ्गता अधिकारको पक्षमा कलम चलाए बापत पत्रकार प्रकाशचन्द्र भट्टराई सम्मानित भएका छन् ।  अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित सह्रदयी मन्च तनहुँ, नेपालको दोस्रो स्थापना दिवसको अवसरमा बिहिवार दमौलीमा आयोजित कार्यक्रममा अपाङ्गता आन्दोलनको पक्षमा कलम चलाए बापत नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष एवं लोकवाणी दैनिकका सम्पादक सम्मानित भएका हुन्  ।

उक्त स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीले सम्पादक भट्टराईलाई सम्मान गरेका थिए । सुवेदीले आफ्नो स्थापना को छोटो समयमा अपाङ्गताको महत्त्वपूर्ण सवालहरु उठाइ छुट्टै पहिचान बनाउन सकेको बताए ।

सम्मानित व्यक्ती भट्टराईले हामीले अपाङ्गताको पक्षमा लेखेको समाचार , लेख,  रचनाहरुले समाजमा सकारात्मक प्रभाव परेको बताए । अपाङ्गताको सवालमा आफूले चलाएको कलम को योगदानको कदर गर्दै सम्मान हुन पाउदा खुशी लागेको र अबका दिनमा अझ सशक्त भएर लाग्ने बताए।

सह्रदयी मन्च तनहुँकी अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख सुवेदी, व्यास नगरपालिकाकी महिला बालबालिका,जेष्ठ नागरिक तथा अपाङ्गता शाखा प्रमुख राधा आचार्य, उक्त संस्थाका सल्लाहकार मदन पौडेल, पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सचिव कृष्णप्रसाद अधिकारी, अपाङ्गता महिला सरोकार समाजकी अध्यक्ष सितादेवी कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सन्चालन संस्थाकी सचिव कृष्णा थापाले गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?