तनहुँमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका-१३ काउरेमा पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन्। काउरेका ४० वर्षीय हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी पहिरोमा बेपत्ता भएका हुन्।

काउरेमा बिहानै सोना नेपालीको घर पहिरोमा परेको थियो। पहिरोमा परेकालाई उद्धार र सहयोग गर्न भन्दै छिमेकी अनिशा र श्याम पुगेका थिए।

उनीहरुले पहिरो पन्छाउँदै गर्दा सँगै रहेको हिरा नेपालीको घर फेरि पहिरो खस्यो। त्यही पहिरोमा हिरासहित अनिशा र श्याम पनि बेपत्ता भएका इलाका प्रहरी कार्यालय बेलचौतारले जनाएको छ।

सोना नेपाली र हिरा नेपाली दिदीबहिनी हुन्। घरछिमेक मिलेर घरका सामान निकाल्दै गर्दा फेरि पहिरो खसेपछि ३ जना बेपत्ता भए।

सोही घटनामा विष्णुबहादुर नेपाली, विशाल तिमल्सिना, रबि घिमिरे र रुपकुमार नेपालीले भागेर ज्यान बचाउन सफल भए। उनीहरु घाइते रहेको र बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?