
दमौली : तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा पहिरा खस्दा पृथ्वीराजमार्ग अबरुद्व भएको छ ।
मंङगलबार रातीदेखि परेको अबिरल बर्षापछि सडक माथिबाट लेदोसहितको पहिरा खस्दा राजमार्ग पूर्ण रुपमा अबरुद्व भएको हो ।
सुख्खा पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गको तनहुँस्थित डुम्रे–आँबुखैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
सुख्खा पहिरो खस्दा मङ्गलबार साँझ ६ः४० बजेदेखि बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा अवरुद्ध भएको पृथ्वी राजमार्ग मंगलबार साँझ ७ः२५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।
सडकमाथिबाट खसेको पहिराले पूरै सडक ढाक्दा सडक अवरुद्ध भएको थियो । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)को निर्माण कम्पनीको डोजरको सहायताले पहिरा पन्छाएर सडक सुचारु गराइएको छ । दुईतर्फी सडक सुचारु गराउन पहिरा पन्छाउने काम भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?